प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अजयभद्र खनाल


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख राजनीतिक सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो।

पत्रकार खनाललाई यसअघि प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्रीका लागि अफर गरेकी थिइन्। तर, उनले इच्छा नदेखाएपछि जगदिश खरेलले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका थिए। खनाल भने प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार बनेका छन्।

त्यस्तै प्रधानमन्त्री कार्कीको जनसम्पर्क सल्लाहकारको गोविन्दप्रसाद तिमिल्सिनालाई नियुक्त गरिएको छ। मन्त्रिपरिषद्को बैठकले प्रहरी र कर्मचारीको सरुवा समेत गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ