ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का राख्न सिफारिस

काठमाडौं। जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी(पासपोर्ट) रोक्का राख्न सिफारिस गरेको छ। आयोगले ओली र लेखकसहित हाल योजना आयोगका कार्यरत सचिव (तत्कालीन गृहसचिव) गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो। उनीहरूलाई आयोगको स्वीकृति बिना उपत्यकाबाहिर छाड्न नदिन सरकारलाई निर्देशन दिएको छ।
जाँचबुझ आयोगका अध्यक्षता पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको पुष्टी गरे। आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिनलाई तीव्रता दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस