२० गतेसम्म काठमाडौं उपत्यका भित्र र बाहिर गर्न रोक

काठमाडौं। लगातार भारी वर्षाका कारण सवारी साधनलाई काठमाडौं उपत्यका भित्र र बाहिर गर्न रोक लगाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २० गतेसम्म काठमाडौँ आउने र काठमाडौँबाट बाहिर जाने सवारी साधनलाई रोक लगाएको हो।
प्राधिकरणले सूचना नै जारी गरेर लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस