राप्ती प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगिता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विवादित पूर्व उपकुलपति संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले स्वास्थ्य सामग्री खरिदमा घोटाला भएको भन्दै भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हो। विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक रहेकी डा. भण्डारी भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परेकी छिन्।
भण्डारी उपकुलपति हुँदा प्रतिष्ठानले लुम्बिनी हेल्थकेयर प्रालिसँग १२ करोडमा एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेे अदालतमा मुद्दा दायर गरेको हो।
उपकुलपति भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र अमित कुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डिसी र श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अञ्जु शर्मा, स्वास्थ्य सेवा विभागकी बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालिका राज ज्ञवालीलाई उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी कायम गरिएको छ।
भण्डारीका पालामा खरिद गरिएको ७ करोड ४५ लाख रुपैयाँको सिटी स्क्यान मेसिन र २ करोड २० लाख रुपैयाँ परेको ट्रान्सफर्मरको विषयमा पनि अख्तियार विस्तृत अनुसन्धान गरिरहेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस