भूमाफियाको चलखेलमा जिल्ला आयुक्तको हस्ताक्षर किर्ते गरी रोक्का गरेको जग्गा फुकुवा

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त सुवास बस्नेतको किर्ते हस्ताक्षर गरी अवैध प्लटिङको जग्गा कित्ताकाट फुकुवा गरिएको भनी मालपोत कार्यालय टोखालाई लेखेको पत्र बाहिरिएको छ। प्राधिकरणले अवैध प्लटिङलाई रोक्न र प्लानिङ पर्मिटको दायरामा ल्याउनका लागि साविकको झोर महांकाल गाविस वडा नं. ४ को २६ कित्ता करिब २७ रोपनी जग्गामा कित्ताकाट रोक लगाएको थियो । उक्त जग्गा प्लानिङ पर्मिटको दायरामा आउँदा कम्तिमा २० फिट चौडा बाटो र ५ प्रतिशत ओपन स्पेस नेपाल सरकारको नाममा आउने प्राधिकरणको ऐनमा व्यवस्था रहेको छ।
प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त बस्नेतसँग आफ्नो किर्ते हस्ताक्षर प्रयोग गरेर नक्कली पत्र तयार गरी जग्गा फुकुवा गरेको दाबी गरे। उनले यो विषयमा कानुनी उपचार खोजिने समेत प्रस्ट पारे। गत असोज ९ गते जारी भएको उक्त पत्रमा प्राधिकरण काठमाडौंका आयुक्त बस्नेतको हस्ताक्षर रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस