न्याय सेवाको सचिवमा थपलिया र पुडासैनी बढुवा


काठमाडौं। न्याय सेवाको सचिवमा जितेन्द्रबाबु थपलिया र उद्धवप्रसाद पुडासैनीको बढुवा सिफारिस भएको छ। न्याय सेवा आयोगको बैठकले न्याय समूहको सचिवमा थपलियालाई बढुवा सिफारिस गरेर न्याय परिषद्को सचिवमा पदस्थापन गर्न प्रस्ताव गरेको छ। त्यस्तै सरकारी वकिल समूहमा उद्धवप्रसाद पुडासैनीलाई बढुवा गरेर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्न सिफारिस गरेको हो।

न्याय परिषद्को सचिव न्याय परिषद्का सचिव यमबहादुर बुढा उच्च अदालतको न्यायाधीश बनेपछि रिक्त पदमा थपलिया बढुवा भएका हुन्।

असोज ४ गते नायब महान्यायाधिवक्ता (विशिष्ट श्रेणी) गोपालप्रसाद रिजाल ५८ वर्ष लागेर अवकाशमा गएसँगै पूडासैनी महान्यायाधिवक्ता कार्यालयमा निमित्त सचिव भएर काम गरिरहेका थिए। उनलाई नै नायब महान्यायाधिवक्तामा बढुवा सिफारिस गरिएको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव सूर्यराज दाहालको भने महान्यायाधिवक्ता कार्यालयमा सरूवा सिफारिस भएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ