वीर अस्पतालका लेखा अधिकृत ढुन्डी राज दाहाल पक्राउ


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुन्डी राज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

५० वर्षीय दाहाललाई वीर अस्पतालको आर्थिक प्रशासन शाखाबाट रु. १ लाख ३० हजार ८ सय ४१ रुपैयाँ नगद, एक थान मोबाइल फोन र अन्य सम्बन्धित कागजातसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाहालले विभिन्न सप्लायर्स र ठेकेदार कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने रकमबाट केही रकम अनियमित रूपमा राखेको खबरका आधारमा समातिएको हाे । उक्त रकम कार्यकक्षमा लुकाइराखेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

अख्तियारका अनुसार दाहाललाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ र घटनासम्बन्धी अन्य प्रमाणहरूसमेत संकलन भइरहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ