तोरण कार्कीले प्याउलीमा दिए प्रहरीलाई जग्गा दान, प्रहरीले गऱ्यो सम्मान


काठमाडौं। समाजसेवी तोरण कार्कीले भोजपुरको प्याउलीमा प्रहरीलाई जग्गा दान गरेका छन्। प्रहरी चौकी प्याउली, भोजपुरको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेबापत प्रहरीले उनलाई सम्मान गरेको छ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्कीका पिता तोरणले ७० औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीबाट कदरपत्र पाएका हुन्। नेपाल प्रहरीबाट प्रदान हुने सेवालाई, सहज र प्रभावकारी बनाउन सहयोग पुऱ्याउने हेतुले प्रहरी चौकी प्याउली, भोजपुरको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरी महत्त्वपूर्ण योगदान पुऱ्याई असल नागरिकको भूमिका निर्वाह गरेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई स-धन्यवादसहित कदरपत्र प्रदान गरेको हो।

तोरणले सामाजिक उत्तरदायित्व र समुदाय सुरक्षा प्रवर्द्धनमा गरिएको सानो योगदानको उच्च मूल्याङ्कन गरेकोमा नेपाल प्रहरी परिवारप्रति आभार व्यक्त गरेका छन्। यस्ता सम्मानले भविष्यमा अझ प्रभावकारी र समर्पित रूपमा सेवा प्रवाह गर्न प्रेरणा प्रदान गरेको उनको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ