जानुकाले लेखेटेका घनश्याम भेल्पा हात्तीवन आयोजनामा पनि एक्सनमा उत्रिए

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त जानुका ढकालले प्राधिकरणबाट आयोजनामा लखेटेका कानुन अधिकृत घनश्याम पौडेल एक्सनमा उत्रिएका छन्। उपत्यकाभित्र अतिक्रमण सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानमा लागेका पौडेल र काठमाडौं जिल्ला आयुक्त सुबास बस्नेतलाई जानुकाले प्राधिकरणबाट लखेटेकी थिइन्। तर, जहाँ गए पनि कर्मयोगी पौडेलले आफ्नो धर्म छाडेका छैनन्। अवैध प्लटिङ रोक्का गर्ने र अतिक्रमित सरकारी/सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियानमा लागेका पौडेल र बस्नेतलाई भूमाफियासँगको सेटिङ भत्किएपछि जानुकाले प्राधिकरणबाट आउट गरेकी थिइन्। उनलाई सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको समेत साथ रहेको छ। तर जहाँ लखेटेपनि घनश्यामले अतिक्रमित पर्ती, सरकारी, सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान सुरू गरिसकेका छन्।
ललितपुरको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना प्रमुख बनेर गएका पौडेलले अतिक्रमणकारीहरू विरुद्ध ३५ दिने सूचना निकालेर एक्सन थालेका छन्। पौडेलले एक सूचना जारी गर्दै भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र पर्ने कुनै पनि प्रकारको सरकारी/सार्वजनिक/पर्ती जग्गा कुनै पनि व्यक्ति विशेष वा कुनै संघ संस्थाहरूले कुनै प्रकारको भोगचलन गरेको भए सूचना प्रकाशित भएका ३५ दिनभित्र खाली गराउन सरोकारवालाहरूलाई निर्देशन दिएका छन्। अटेर गरी तोकिएको म्यादभित्र खाली नगराएमा प्राधिकरण ऐन अनुसार कारबाही गर्ने पौडेलको चेतावनी छ।
सरकारी/सार्वजनिक/पर्ती जग्गा कुनै पनि व्यक्ति विशेष वा कुनै संघ संस्थाहरूले अवैध ढंगले भोगचलन गरेको जग्गामा डोजर लगाउन थालेपछि भेल्पा पुगेका पौडेल त्यस्तै सूचना निकालेर अघि बढेका छन्। अब उनलाई जानुकाले त्यहाँबाट पनि लखेट्न बेर छैन। किनकी त्यहाँ पनि जानुकाको सेटिङ भत्किएको छ। अवैध प्लटिङ फुक्का गर्नका लागि सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दिएको निर्देशन पालना नगरेपछि पौडेल जानुका र गोपालको पेलानमा परेका हुन्। सिग्देलको धापासीस्थित घरको कम्पाउन्ड समेत अवैध रहेको पाइन्छ।
प्राधिकरणमा हुँदा पौडेल र बस्नेत मिलेर लोयल्टी स्कुलदेखि ओम अस्पतालले खोलाको जग्गा मिचेर बनेको पर्खाल डोजर लगाएर भत्काएका थिए। महादेव खोलाको जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्नेदेखि ४ हजार रोपनी बढी अवैध प्लटिङको ‘डेटा’ संकलन गरेर एक्सनमा उत्रिएका थिए। ति भूमाफियासँग मिलेर जानुकाले उल्टै पौडेल र बस्नेतलाई एक्सन लिएकी हुन्। जानुका प्राधिकरणमा रहेसम्म अवैध धन्दावालाहरूको रजगज चलिरहने देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस