सार्वजनिक प्रशासन रूपान्तरण अभियानले बुझाएको अनुरोधपत्र कार्यान्वयन गर्ने सामान्य सचिवको प्रतिबद्धता

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थले सार्वजनिक प्रशासन रूपान्तरण अभियानले बुझाएको अनुरोधपत्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। आईतबार भएको भेटमा सचिव पन्थले अभियानले बुझाएको अनुरोधपत्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको संयोजक गणेश घिमिरेले जानकारी दिए।
सरूवा अनियमिततालाई रोक्न पिआईएसलाई आधार मान्नु पर्ने अभियानको अनुरोध छ। सरुवा सूची सार्वजनिक गर्दा विगतको अभिलेख हेरी न्यूनतम अघिल्लो ५ वटा कुन-कुन कार्यालयमा के-कति अवधि काम गरेको हो सोको विवरण समेत मन्त्रालयको वेबसाइटमा तत्काल राख्न पनि सचिव पन्थ समक्ष जेन-जी अभियानले अनुरोध गरेको हो।
कर्मचारीको रिक्त पदको पदपूर्तिको लागि लोक सेवा आयोगमा माग आकृति पठाउने सन्दर्भमा प्रचलित कानुनमा भएको व्यवस्था अनुसार रिक्त पदहरू नलुकाई/नबढाई माग गरि पूर्ण पारदर्शिता कायम गर्न माग गरिएको छ। अभियानले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सरूवा/काजलाई पारदर्शी गर्ने र सहज कार्यवातावरण निर्माणमा मन्त्रालयले सहजिकरण र संरक्षण गर्दै वित्तीय अनुशासन र जवाफदेहिता सुनिश्चितता गर्न अनुरोध गरेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस