स्वास्थ्यको “एनजार” अब एक दिनमै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा हुने राष्ट्रिय संयुक्त वार्षिक समीक्षा (एनजार) बैठक यस वर्ष एक दिनमै सम्पन्न हुने भएको छ।

विगतमा तीन दिनसम्म सञ्चालन हुँदै आएको एनजार बैठकलाई मन्त्रालयले यसपटक छोट्याउँदै एक दिनमा सीमित गर्ने तयारी गरेको हो। मन्त्रालयका अनुसार मंसिर ८ देखि १२ गतेभित्र बैठक गर्ने योजना बनाइएको छ, यद्यपि निश्चित मिति अझै टुंगो लागेको छैन।

जिल्ला र प्रदेश हुँदै केन्द्रमा संकलित तथ्यांकका आधारमा हुने यस वार्षिक समीक्षामा विगतका उपलब्धि र आगामी योजनाबारे समीक्षा तथा छलफल हुनेछ। बैठकमा जिल्ला, प्रदेश र केन्द्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

स्वास्थ्य मन्त्रालयका सम्बन्धित निकायहरूले आफ्नो प्रगतिविवरण बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ