वाइडबडीमा डामिएका जनक कालाखेतीलाई नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी


काठमाडौं। जेन-जी आन्दोलनको आडमा बनेको सरकारले ‘ट्रयाक रेकर्ड’ खराब भएकाहरूलाई छानीछानी जिम्मेवारी दिन थालेको छ। वाइइडबडी घोटालामा डामिएर सफाइ पाएका जनकराज कालाखेतीलाई जेन-जी सरकारले नेपाल बायुसेवा निगम ( नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धक बनाएपछि हंगामा मच्चिएको छ। बाइडबडी घोटालामा विशेष अदालतले गरेको फैसला उपर अख्तियार सर्वोच्च जाने तयारी गरिरहे कै बेला सरकारले कालाखेतीलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको हो। कालाखेतीलाई निमित्त महाप्रबन्धक बनाउने सरकारको निर्णयलाई लिएर जेन-जीहरूले असन्तुष्टि जनाउन थालेका छन्।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशिला कार्कीले नै सम्हालेका बेला भ्रष्टाचार मुद्दामा डामिएका कालाखेती नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धक बन्न सफल भएका छन्। उनलाई नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धक बनाउन पर्यटन सचिव हरिप्रसाद मैनालीले भूमिका खेलेको प्रधानमन्त्री निकट अधिकारीहरू दाबी गर्छन्।

महालेखा नियन्त्रक हुँदा निकै विवादित बनेका मैनालीले पर्यटनमा पनि त्यहिँ शैली देखाउन थालेका छन्। उक्त कदमलाई लिएर जेन-जी कर्मचारीहरू पनि आक्रोशित देखिन्छन्। उनै मैनालीले विवादास्पद पृष्ठभूमिका कालाखेतीलाई निमित्त महाप्रबन्धक बनाउन भूमिका खेलेको आरोप लागेको छ।

खुला प्रतिस्पर्धाबाट नेपाल एयरलाइन्सको महाप्रबन्धक चयन गर्नका लागि पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। उक्त समिति गठन गर्ने प्रस्ताव लिएर जाँदा मैनालीले कालाखेतीलाई निमित्त बनाएको दाबी गरिएको छ।

सिफारिस समितिको विज्ञ स क्याप्टेन कुलबहादुर लिम्बू रहेका छन्। मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्ने गरी सिफारिस समिति गठन भएको हो। उक्त महाशाखा प्रमुखको जिम्मेवारी जयनारायण आचार्यले पाउने सम्भावना छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ