पूर्वी नेपालको ताप्लेजुङमै खोला तर्न चढ्नुपर्छ तुइन 


काठमाडौं। केपी शर्मा ओलीले देशैभरका तुइन विस्थापित गरिसकेको दाबी गर्दै आएका छन्। तुइन विस्थापित गरेको भनेर चर्को उनी चर्को भाषण समेत गर्दै हिँड्छन्। तर, ओली जन्मिएको छिमेकी जिल्ला ताप्लेजुङमा खोला चढ्न अझै तुइनको सारा लिनुपर्छ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको सेकाथुमबाटकाथुमबाट अम्जिलोसा जाने बाटोमा इटहरी भन्ने ठाउँमा घुन्सा खोला तर्न तुइन चढ्नुपर्छ। प्रति व्यक्ति २ सय सेवा शुल्क तिरेर मात्र उक्त तुइन पार गर्न पाइन्छ। ताप्लेजुङको सदरमुकाम फुङलिङबाट ४ घण्टाको मोटरबाट पार गरेर तमोर नदीको रानी पुल हुँदै सेकाथुममा तमोर नदीको बेलीब्रिज पार गरेपछि घुन्सा खोलाको झोलुङ्गे पुल पार गरेर इटहरी भन्ने ठाउँमा तुइन चढ्नु पर्ने बाध्यता छ।

कञ्चनजङ्घा बेस क्याम्प जाने अर्को बाटोमा ठूलो पहिरो गएको र नयाँ पैदलयात्री बाटो पत्ता लगाउन नसक्ने अवस्था रहेकाले तुइनको बाटो जानुपर्ने बाध्याता छ। हिमनदी बोकेर तीव्र गतिमा आएको घुन्सा खोला तर्न तुइनबाहेक अर्को विकल्प छैन।   उक्त बाध्यताको फाइदा उठाउँदै तुइन तर्दा २ सय रुपैयाँ लिने गरिएको छ। यसले कञ्चनजङ्घा बेस क्याम्प जाने आन्तरिक र बाह्य पर्यटनले सास्ती खेप्नुपरेको हो। तुइन विस्थापित गरे भनेर दाबी गर्ने ओलीलाई पनि उक्त तुइनले गिज्याइरहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ