थापाथलीमा गुठीको जग्गामा सञ्चालित क्यान्टिनमा महानगरको डोजर


काठमाडौं। थापाथलीस्थित गुठीको जग्गामा सञ्चालित क्यान्टिनमा महानगरको डोजर चलेको छ। महानगरले डोजर लगाएको टहरामा इरानी चिया पसल सञ्चालन रहेको थियो। काठमाडौं महानगरपालिकाको पुरानो ११ नम्बर वडा कार्यालयसँगै रहेको उक्त क्यान्टिन सञ्चालित टहरामा महानगरको डोजर चलेको हो।

उक्त भवनसँगै जोडिएको पुरानो वडा कार्यालय (पहेलो रङको संरचना) र ट्रापिक बिटमा समेत डोजर लगाउन गुठीले महानगरसँग सहायता मागेको छ। तर, ११ नम्बर वडाका वडाध्यक्ष हिरालाल तण्डुकार (काका) ति संरचना भत्काउन नहुने पक्षमा छन्। गुठीले बिनाप्रतिस्पर्धा क्यान्टिनलाई भाडामा लगाएको उक्त संरचनाको विषयमा समेत सम्बन्धित निकायले छानबिन गर्न जरूरी छ। उक्त क्यान्टिन भाडाको विषयमा विगतमा पनि प्रश्न उठ्दै आएको थियो। महानगरको डोजरले उक्त संरचना नै ध्वस्त बनाएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ