अख्तियारका आईटी निर्देशक फेरिए: सुवेदी लोक सेवा गए, अर्थका पोखरेल अख्तियार पुगे


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सूचना प्रविधि(आईटी) निर्देशक फेरिएका छन्। अर्थ मन्त्रालयका आईटी निर्देशक हरिप्रसाद पोखरेल अख्तियार पुगेका छन् भने अख्तियारका आईटी निर्देशक रमेश राज सुवेदी बाहिरिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अख्तियार पुगेका सुवेदी छोटो समयमै अख्तियारबाट लोक सेवा आयोग पुगेका हुन्।

लोक सेवा आयोगका आईटी निर्देशक रामदत्त भट्ट सहसचिव बनेपछि अख्तियारका सुवेदीलाई लोक सेवामा सरूवा गरिएको हो। तुलानात्मक रूपमा निष्ठावान् मानिएका सुवेदीलाई अख्तियारबाट लोक सेवा पठाएर अस्गर अलीका विश्वासपात्र पोखरेललाई अख्तियार लगिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘भिडिओ कन्फेरेन्सिङ सिस्टम’ जडान गर्दा पोखरेल विवादमा तानिएका थिए। त्यसपछि साइड लागेका उनी अहिले अख्तियारतिर झुल्किएका छन्। भट्ट, सुवेदी जस्ता राम्रो छवि बनाएका आईटी निर्देशक भएर बसेको ठाउँमा पोखरेल जस्ता विवादित पात्रले ‘इन्ट्री’ मारेका हुन्।

पोखरेल सरकारी सेवामा आउनुभन्दा अगाडि ओम्नी कम्पनीमा काम गर्थे। कोरोनाकालमा ओम्नी कम्पनीले पाएको स्वास्थ्य सामाग्री ठेक्का अनियमितताको उजुरी पनि अख्तियारमा छ। उनी आईटीको ठेक्कामा अख्तियारले मुद्दा चलाएका म्याक्स इन्टरनेसनलका मालिक अकबर हुसेनका पनि विश्वासपात्र हुन्। विकल र सुनिल पौडेलसँग थप आईटीमा मुद्दा लाग्दा हुसेन पनि प्रतिवादी बन्ने सम्भावना छ। पोखरेल अखिल गएपछि उनीहरू जोडिएका ठेक्का अनियमितताको अनुसन्धान कमजोर हुने आशंका पैसा भएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ