सहसचिवको दरबन्दीमा प्रमुख प्रशासकीय अधिकृत बनेका ढकाललाई नगरपालिका बनाएर गरियो सरूवा 


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिवको दरबन्दी रहेको जनकपुरधाम उपमहानगरपालिकामा उपसचिवलाई खटाउँछ। धनुषाको जनकपुरधामबाट प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई रौतहटको चन्द्रपुर नगरपालिकामा सरूवा गरिएको छ। सहसचिव दरबन्दीमा उपसचिवलाई खटाएको लाजले हुनुपर्छ सामान्य प्रशासन मन्त्रालयले उपमहानगरपालिकालाई नगरपालिका बनाएर ढकालको सरूवा गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सरूवा सूचीमा मित्रलाल ढकालको जनकपुरधाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको छ। तर, धनुषामा जनकपुरधाम नगरपालिका भेटिदैन। बरू ति उपसचिव मित्रलाल ढकाल जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको उक्त उपमहानगरपालिकाको वेबसाइट हेर्दा देखिन्छ। जेन-जी सरकारले उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुने भएपछि उक्त जनकपुरधाम उपमहानगरपालिकालाई नगरपालिकाका झार्ने निर्णय गऱ्यो भने फरक कुरा हो। जनकपुरधाम नाम गरेको नगरपालिका चाहिँ कहाँ छ जनकपुरमै हुर्किएकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख पार्वती शर्मालाई नै थाहा होला!

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ