टोकराज र तोयले बल्ल सिडिओको जिम्मेवारी सम्हाले, विष्णु, आनन्द र केदारले जिल्ला छाडेनन्
काठमाडौं। गृह मन्त्रालयले गत कार्तिक ९ गते सरूवा गरेर पठाएका लम्जुङका सिडिओ टोकराज पाण्डे र अर्घाखाँचीका सिडिओ तोयनारायण सुवेदीले बल्ल जिम्मेवारी सम्हालेका छन्। उनीहरू आईतबार मात्र जिल्ला पुगेर जिम्मेवारी सम्हालेका हुन्।
रूपन्देहीबाट लम्जुङ सरूवा टोकराज र पर्साबाट अर्घाखाँची सरूवा भएका दुई हप्तापछि मात्र कार्यक्षेत्रमा पुगेर सिडिओको कमाण्ड सम्हालेका हुन्।
यता गुल्मीबाट अछाम सरूवा भएका सिडिओ विष्णुप्रसाद कोइराला र अछामबाट गुल्मीको सिडिओमा सरूवा भएका आनन्द सारूले अझै जिल्ला छाडेका छैनन्। उनीहरूले सल्लाहमै जिल्ला नछाडेको जस्तो देखिन्छ। विष्णु र आनन्द पूर्ववत जिम्मेवारीमा रहेका छन्।
गुल्मीको सिडिओबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएका केदारनाथ शर्माले कार्यक्षेत्र नछाड्दा खिमबहादुर रायामाझी समेत हाजिर हुन पाएका छैनन्। केदार जुम्ला कै सिडिओको भूमिकामा छन् भने खिम प्रमुख अध्यागमन अधिकृत भएर काम गरिरहेका हुन्।
गृह मन्त्रालयले गरेको सिडिओको सरूवा अझै पूर्ण रुपमा कार्यान्वयन भएको छैन। विष्णु, आनन्द, केदार र खिमको हकमा सरूवाको निर्णय पनि उल्टिएको देखिँदैन। तर, चारै जना पूर्ववत् अवस्था कै जिम्मेवारीमा रहेको पाइन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस