सरूवा भएको १८ दिनमै उल्टियो जुम्ला र गुल्मीका सिडिओको सरूवा, सहसचिवको दरबन्दीमा फेरि उपसचिव सिडिओ खटाइयो


काठमाडौं। गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा १८ दिनमै उल्ट्याएको छ। अछामबाट सरूवा भएर गुल्मी पुगेका सिडिओ आनन्द सारू १६ दिनमै सरूवा उल्ट्याएर दैलेख पुगेका छन्। दैलेखका सिडिओ बद्रीनाथ गैह्रे गुल्मीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जुम्लाको सिडिओमा सरूवा भएका खिमबहादुर रायामाझी पनि १८ दिनमै गृह मन्त्रालय तानिएका छन्। रोल्पाका सिडिओ बासुदेव दाहाल पाँचथर सरूवा भएका छन्। पाँचथरका सिडिओ अरूण पोखरेल बेपत्ता आयोगमा पुगेपछि दाहाल कर्णाली नगई पूर्वको पाँचथर पुगेका हुन्।

सहसचिवको दरबन्दीमा रहेका डोटीका सिडिओ (उपसचिव) मोहनराज जोशी मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी भएर गएका छन्। जोशी २०८१ कार्तिक १२ गते डोटीको सिडिओ भएर गएका थिए। उपसचिव भएपनि उनी सहसचिवको दरबन्दीमा १ वर्ष बस्न सफल भए।

गृहले डोटी र मुस्ताङका सिडिओसहित ५४ उपसचिव चलाएको छ। सहसचिवको दरबन्दी रहेको डोटीमा फेरि गृहले उपसचिव कल्पना घिमिरे नेपाललाई सिडिओ बनाएर पठाएको छ। लगातार उपसचिव सिडिओ पठाइएको डोटीमा गृहले सहसचिवको दरबन्दी आवश्यक नरहेको सन्देश दिएको छ।

मुस्ताङको सिडिओमा भने अजिता शर्मालाई पठाइएको हो।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ