मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा थेगिनसक्नु भीड


काठमाडौं। मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा थेगिनसक्नु भीड लाग्न थालेको छ। मतदाता नामावलीमा नाम दर्ता गराउन कात्तिक मसान्तसम्म समय तोकिएको अन्तिम समयमा आएर काठमाडौंमा थेगिनसक्नु भीड लागेको हो। मतदाता नामावलीमा नाम दर्ता गराउन अचाक्ली भीड बढेपछि  बुधबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले रात्रिकालीन सेवा नै प्रदान गर्नु परेको छ। ‘जब भयो राति अनी समाज ताती’ भनेझैं नेपालीहरू अन्तिम समयमा मात्र तात्ने गरेको छन्। त्यो कुरा जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा लागेको लामले पनि देखाउँछ।

सुरू-सुरूमा मतदाता नामावलीमा नाम दर्ता गराउन न्यून संख्यामा जेन-जीहरू पुग्ने गरेकोमा पछिल्लो समय दिनप्रतिदिन बढ्दो क्रममा छ। कार्तिक २० गतेदेखि लगातार मतदाता नामावलीमा नाम दर्ता गराउन भीड बढिरहेको पाइन्छ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंका प्रमुख ठाकुर भट्टराईका अनुसार बुधबार मात्र २ हजार १ सय २९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्तिक २० गते १ हजार ७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको त्यसपछि लगातार संख्या बढिरहेको भट्टराइले जनाए।

कार्तिक २१ गते १ हजार १ सप ११ जना, २३ गते १ हजार ६ स्य १० जना, २४ गते १ हजार ९ सय २० जना, २५ गते २ हजार ५९ जना र २६ गते २ हजार १ सय २९ जनाले मतदाता नामावली नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंको ‘रेकर्ड’मा देखिन्छ। पछिल्लो समय जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउन जेन-जी पुस्ता उल्टिएर पुग्न थालेका छन्। त्यसलाई व्यवस्थापन गर्न जिल्ला निर्वाचन कार्यालयलाई हम्मेहम्मे परेको देखिन्छ।

मतदाता नामावली संकलन

कार्तिक २० गते- १०७५

कार्तिक २१ गते- ११११

कार्तिक २३ गते- १६१०

कार्तिक २४ गते- १९२०

कार्तिक २५ गते- २०५९

कार्तिक २६ गते- २१२९

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ