मुख्य सचिवकाे दाैडमा रहेका कृष्णहरि पुष्कर काे हुन् ?
काठमाडौं मुख्यसचिव एकनारायण अर्यालको घर जाने दिन नजिकिंदै जाँदा मुख्यसचिवका प्रतिस्पर्धीहरू मैदानमा उत्रिन थालेका छन्।मुख्यसचिवको प्रतिस्पर्धामा प्रमिलादेवी शाक्य बज्राचार्य र डा. कृष्णहरि पुष्कर कर्ण पनि चर्चामा छन् । उनिहरु कोटा प्रयोग गरेर उपसचिव र सहसचिव बन्न सफल भएका थिए। बज्राचार्य महिला र कर्ण मधेशी कोटाबाट उपसचिव र सहसचिव भएका हुन्। तर, अहिले मुख्यसचिवकाे जवरजस्त लबिङमा छन् ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल मंसिर महिनादेखि अनिवार्य अवकाशमा जाने भएपछि देशको सर्वोच्च प्रशासनिक पदमा नयाँ नेतृत्व चयनको बहस तीव्र भएको हाे। अहिलेको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिवेशमा सक्षम, दूरदर्शी र समावेशी नेतृत्वको खोजी भइरहेकाे छ । यहीँ मेसाेमा सचिव पड्काउने दाउमा दुई पात्र पनि बेस्सरी लागे छन् । त्यसैले कर्णका प्रियहरु पुष्करलाई मुख्य सचिवको बलियो र उपयुक्त दावेदारको रूपमा हेर्न रुचाउँछन् ।
Gen Z आन्दोलन र बदलिँदो परिवेश
अहिले जेन्जी आन्दोलन पछि युवाहरूको आवाजलाई प्रशासनिक तहबाट सम्बोधन गर्न सक्ने र सरकारलाई सही मार्गदर्शन दिन सक्ने प्रशासकको खाँचो छ। अधिकारीहरु भन्छन् मुख्य सचिव नेपाल सरकारको क्याबिनेट सचिव, प्रमुख प्रशासनिक नेतृत्व र सरकारको प्रमुख प्रशासनिक सल्लाहकार समेत हुने भएकाले सचिव पुष्करमा फेरिएको परिस्थिति बुझ्ने, अर्थतन्त्रमा स्पष्ट बुझाइ भएको र प्रशासनिक नेतृत्व दिन सक्ने उच्च क्षमता रहेको बुझाई यस क्षेत्रका जानकारहरुको छ।
नेपाल सरकारका सचिव पदमा कार्यरत डा. कृष्णहरि पुष्कर उल्लेखित मापदण्डहरूमा खरो उत्रन सक्ने प्रशासक हुन् उनका समर्थकहरु भन्छन् । अधिकारीहरुले उनलाई उत्तम उम्मेदवार मान्नुका पछाडी केही कारण आैल्याएका छन् ।
सचिव पुष्करले विगतमा दुईपटक अर्थ सचिव र एकपटक राजस्व सचिव, अर्थतन्त्रका महत्त्वपूर्ण जिम्मेवारीहरू पुरा गरेका छन् । त्यसैले बदलिँदो आर्थिक अवस्थालाई बुझेर नीतिगत सुधार गर्न उनको अनुभव महत्त्वपूर्ण हुनेछ।
डा. पुष्कर मधेसी समुदायबाट आएकाे भएपनि एक सक्षम प्रशासकका रुपमा कतिपयले हेर्ने गरेका छन्। यता विगतमा अख्तियारको प्रवक्ताको रूपमा सचिव पुष्करले खेलको भूमिकाप्रति एकथरी कर्मचारी रुष्ट देखिएका छन् ।
मुख्य सचिवको नियुक्तिमा जेष्ठता एवम् विगतको कार्यसम्पादन शैली हेरिनु स्वाभाविक छ, यद्दपि सबैभन्दा ठूलो कुरा अबको चुनौतीपूर्ण जिम्मेवारी बहन गर्न सक्ने क्षमता, सेवाप्रतिको समर्पण र विषयवस्तुप्रतिको स्पष्ट बुझाइ अनिवार्य र अपेक्षित हुने स्पष्ट छ। मुख्य सचिव नेपाल सरकारको प्रशासनिक पद मात्र नभएर यो त मुलुकको समृद्धि एवम् नागरिक सेवा प्रवाहको प्रशासनिक नेतृत्व समेत हो। को मुख्य सचिव बन्यो भन्दा पनि कस्तो मुख्य सचिव देशले पायो भन्ने विषय महत्वपूर्ण हुन्छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस