सरूवा विवाद छल्न पार्वती पुगिन् चीन


काठमाडौं। कर्मचारीको बेमौसमी सरूवा खेती चलाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्मा चीन पुगेकी छिन्। दिनैपिच्छे ठूलो संख्यामा कर्मचारी सरूवा गरेर सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थसँगै उनी चिन पुगेकी हुन्।

सचिव हुनका लागि दिइने सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालीममा सहभागीहरूलाई चीन लाने कार्यक्रममा पार्वती पनि चिन हिँडेकी हुन्। प्रशासन सुधार महाशाखा प्रमुख जाने गरेको उक्त कार्यक्रममा सचिव पन्थले पार्वतीलाई ‘चान्स’ दिएका हुन्।

दिनैपिच्छे कर्मचारी सरूवा गरेर बेथिति निम्त्याएको भन्दै सामान्य प्रशासन सचिव पन्थ र सहसचिव पार्वतीमाथि छानबिन गर्न जेन-जी कर्मचारीहरूले माग गरेका छन्। उनीहरूले सरूवा गरेका कर्मचारीहरूको पुरै सूची सार्वजनिक हुने हो भने ठूलै बबण्डर हुने अवस्था छ। स्थानीय तहमा सरूवा भएकाहरू सरूवा मिलाएर रमाना लिएर अर्को ठाउँमा हाजिर भइसक्दा पनि मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन। यसले उनीहरू सरूवा बेथितिमा मुछिएको कुरा प्रस्ट हुन्छ।

दिनैपिच्छे सरूवा भएको विवरण सार्वजनिक भएपछि विवादित बनेकी पार्वती सचिव पन्थसँगै एक हप्ता भन्दा बढीका लागि चीन उडेकी हुन्। सामान्य प्रशासन मन्त्रालयले गरेको सरूवाको विषयमा छानबिन गर्न माग उठेको र सरूवामाथि प्रश्न उठेपछि त्यसलाई छल्न असम्बन्धित महाशाखाकी पार्वती चीनतिर छड्केको चर्चा छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ