कार्यकाल सकिएका समाज कल्याण परिषद्का सदस्यसचिव भट्ट फायल हस्ताक्षर गर्दै, कर्मचारी भाभाभाग


काठमाडौं। सोमबारबाट ४ वर्षे कार्यकाल सकिएका समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट कार्यालयमा उपस्थित भएर धमाधम काम गरिरहेका छन्। ‘ब्याक-डेट’मा फायल हस्ताक्षर गर्न थालेपछि कर्मचारीहरू भागाभाग भएका छन्।

विकृति, विसङ्गति र भ्रष्टाचारको विरोधमा खडा भएको जेन-जी सरकारलाई चक्मा दिने गरी भट्ट मंगलबार कार्यालयमा आएर वितण्डा मच्चाउन थालेका हुन्। २०७८ मंसिर २ गते मन्त्रिपरिषद्को निर्णयानुसार समाज कल्याण परिषद्को सदस्य-सचिवमा नियुक्त भएका थिए। उनीसँगै समाज कल्याण परिषद्को कोषाध्यक्ष को सदस्य-सचिवमा नियुक्त भएका थिए। उनीसँगै समाज कल्याण परिषद्को कोषाध्यक्ष विनय लामा सोमबार नै बिदा भइसकेका छन्। भट्टले भने मंगलबार पनि समाज कल्याण परिषद्मा पुगेर फायलको चाङ लगाउन लगाएकाे कर्मचारी बताउँछन्। भट्टले पुरानो मितिमा हस्ताक्षर गर्न दबाब दिएपछि कर्मचारीहरू भागाभाग भएका हुन्।

भट्टले भने आफ्नो कार्यकाल आजसम्म रहेको दाबी गरे। कार्यालयमा आएको स्वीकार गर्दै उनले कसैलाई दबाब निदिएको जिकिर गरे। बुझबुझारथ गरेर बिदा हुने भट्टको प्रतिक्रिया छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ