गुठी संस्थानको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश पोखरेल नियुक्त 


काठमाडौं। गुठी संस्थानको अध्यक्षमा उच्च अदालतका पूर्वमुख्य न्यायाधीश रमेशप्रसाद पोखरेल नियुक्त भएका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पोखरेललाई गुठी संस्थानको अध्यक्ष नियुक्त गरेका हुन्।

शिद्धिचरण नगरपालिका-२ ओखलढुंगाका पोखरेललाई मन्त्री सिन्हाले ३ वर्षका लागि अध्यक्षमा नियुक्त गरेका हुन्। गुठी संस्थानका अध्यक्ष शिवराज पण्डित कार्यकाल सकेर घर गएपछि उक्त ठाउँमा पोखरेल आएका छन्। विकृत गुठी संस्थान सुधार्ने जिम्मा पूर्वमुख्य न्यायाधीश पोखरेलको काँधमा आएको छ।

गुठी संस्थानका विवादित सञ्चालक दिपकराज पाठकले राजीनामा दिएको ठाउँमा भने नियुक्त भएको छैन। मन्त्री सिन्हाले राम्रो मान्छे खोजेर सदस्य बनाउने तयारी गरेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #रमेशप्रसाद पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ