मुख्यसचिवका प्रतिस्पर्धीहरू कामको फेहरिस्त बोकेर विदेशी दूतावास धाउँदै


काठमाडौं। मुख्यसचिव एकनारायण अर्याल अवकाशमा जाने दिन नजिकिंदै जाँदा प्रतिस्पर्धीहरू घिन लाग्दो खेलमा लागेका छन्। विश्वस्त स्रोतबाट स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार मुख्यसचिवका प्रतिस्पर्धीहरूले आफूले गरेको कामको फेहरिस्त तयार पारी अंग्रेजी भाषामा अनुवाद गराएको पाइएको छ।

मुख्यसचिव बन्न नेपाली र नेपाल सरकारबाट मात्र पार नलाग्ने देखेपछि केही सचिवले आफूले गरेको कामको बढाइचढाइ विवरण तयार पारेर अंग्रेजी भाषमा अनुवाद गरेको फेला परेको हो। उक्त विवरण केही विभिन्न निकाय र विदेशी दूतावासमा पुऱ्याइएको चर्चा छ। आफूले ‘यो यो गरे यो गर्छु’ भनेर लेखेको विषय अंग्रेजी भाषामा अनुवाद गर्नुको तात्पर्य विदेशीसामु पेस गर्नुभन्दा अन्य नरहेको सरकारी अधिकारीहरू नै टिप्पणी गर्छन्।

सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मुख्यसचिव बन्न कामको विवरण नै अंग्रेजी भाषामा अनुवाद गराएर दूतावासमा पेस गर्नु गम्भीर विषय हो। स्वदेशी शक्तिले नभएर विदेशी शक्तिमासामु कामको विवरण अनुवाद गरेर पेस गर्नु गम्भीर विषय भएको सरकारी अधिकारीहरू नै बताउँछन्।

अहिले मुख्यसचिवको प्रतिस्पर्धामा सुमनराज अर्याल, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण, रामप्रसाद घिमिरे, किरणराज शर्मा, हरिप्रसाद मैनाली, राजकुमार श्रेष्ठलगायत रहेका छन्। यिनीहरू मध्ये कै सचिवले कामको फेहरिस्त अंग्रेजी भाषामा अनुवाद गराएर अमुक ठाउँमा पुऱ्याएको पाइएको हो। यो विषयलाई ‘जेन-जी’ सरकारले ‘नोटिस’मा लिन जरूरी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ