समाज कल्याण परिषद्का केही करारका कर्मचारीलाई मनोज भट्ट नै ‘प्यारा’


काठमाडौं। समाज कल्याण परिषद्का सदस्य-सचिव मनोज भट्ट कार्यालय सकेर घर गएको ३ दिन भइसकेको छ। सोमबारदेखि ४ वर्षे कार्यकाल सकेर घर गएका भट्ट अझै समाज कल्याण परिषद्को अभिलेखबाट हटेका छैनन्।

भट्टका पिए करारका कर्मचारी राजेन्द्रप्रसाद उप्रेतीले फेरि उनी नै सदस्य-सचिव भएर आउने भन्दै ‘नेमप्लेट’ हटाउन नदिएका हुन्। बुधबार सदस्य-सचिवमा भट्ट नै आउने भनेर उप्रेतीले गाडी स्टन्डबाइ राख्न लगाएका थिए। सरकारले उनलाई पुनर्नियुक्ति नगरेपछि त्यति कै घर गएका थिए। बिहीबारसम्म पनि भट्टको ‘नेमप्लेट’  भएको बोर्ड हटाइएको छैन।

सोमबार कार्यकाल सकिएका भट्टले मंगलबार परिषद्मा पुगेर ‘ब्याक-डेट’मा फायलमा हस्ताक्षर गरेका थिए। बुधबार राष्ट्रिय मानवअधिकार आयोगको क्यान्टिनमा डेरा जमाएर बसेका भट्ट बिहीबार पनि परिषद्को कार्यालय आसपासमा देखिएका छैनन्। तर, पनि भट्टको ‘नेमप्लेट’ नहटाइनुले उनी अझै सदस्य-सचिव बन्ने चलखेलमा रहेको बुझिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ