‘जेन-जी’ स्पिरिटको सरकार आएपनि सरूवाका खेलाडीहरू पुरानै


काठमाडौं। ‘जेन-जी’ ‘स्पिरिट’को सरकार आएपनि पनि मन्त्रालयको सरूवा र अन्य व्यवस्थापन हेर्ने खेलाडीहरू पुरानै छन्। उनीहरूको चलखेल कै कारण ‘जेन-जी’ सरकार बदनाम हुन थालेको छ। यिनीहरू बाहेक जेन-जी’ ‘स्पिरिट’का काम गर्ने सहसचिवहरू छैनन् त भन्ने प्रश्न उठ्न थालेको छ। मन्त्रालयको असलिय देखिन प्रशासन महाशाखा प्रमुख नै पुराना सत्ताका खेलाडी छन्। यसले ‘जेन-जी’ सरकारले पनि लय परिवर्तन गर्न नसकेका हो।

अहिले सबैभन्दा बदनाम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा हो। उक्त महाशाखाको नेतृत्व पार्वती शर्माले गरिरहेकी छिन्। उनले गरेको अनियमित सरूवाले गर्दा ‘जेन-जी’ सरकार बदनाम हुन थालेको छ। बदमासी गर्ने ‘पार्वती दोष पाउने रामेश्वर खनाल’ भन्ने कुरा अहिले सामान्य प्रशासन मन्त्रालयभित्र निकै चर्चामा छ।

जथाभावी मनपरी ढंगले सरूवा गरेर असम्बन्धित कार्यक्रममा पार्वती चीनतिर डुलिरहेकी छिन्। उनलाई त्यो महाशाखामा जति राख्यो सरकार त्यति नै बदनाम हुने देखिन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको योजना तथा प्रशासन महाशाखामा लामो समयदेखि सहसचिव निश्चलराज पाण्डेले डेरा जमाइरहेका छन्। ‘हजुर नै हो मुख्यसचिव’ भनेर पाण्डेले प्रशासनमा शासन जमाइरहेको श्रमका अधिकारीहरू बताउँछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको प्रशासन महाशाखामा पनि पुरानै मन्त्रीले पत्याएका सहसचिव छन्। भौतिक प्रशासन महाशाखा प्रमुख बलराम रिज्याल हुन् भने सहरीमा नारायणप्रसाद मैनाली रहेका छन्।

सामान्य प्रशासन मन्त्रालयले यस्ता मन्त्रालयमा ‘जेन-जी’ सरकारको स्पिरिट अनुसार काम गर्न सक्ने सहसचिव खोजेर पठाइसक्नु पर्ने हो। तर, पार्वती हिमालय पर्वततिर रूमल्लिदा सहसचिवहरू फेला परेका छैनन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रशासन तथा संस्थान महाशाखा प्रमुख हुमकला पाण्डेदेखि अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल पनि पुरानै सत्ताले पत्याएका कर्मचारी हुन्। प्रशासन सेवामा सयौंको संख्यामा सहसचिव हुँदा पनि सीमित सहसचिवले तरमारिरहेका छन्। अहिले पनि उनीहरू कै रजगज चलिरहेको छ।

निष्ठावान र जेन-जी स्पिरिटमा काम गर्न सक्ने सहसचिवहरू प्रदेशतिर भएर पनि ल्याएर जिम्मेवारी दिन ‘जेन-जी’ सरकार चुकेको छ। सरकारले चाहेर पनि कर्मचारी कै कारण नतिजा देखाउन सकेको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ