घर गइसकेका समाज कल्याण परिषद्मा सदस्य-सचिव भट्ट कार्यालय आउन छाडेनन्
काठमाडौं। ‘जेन-जी’ सरकारमा पुनर्नियुक्तिको चलखेलमा रहेका समाज कल्याण परिषद्का सदस्य-सचिव मनोज भट्टले अझै कार्यालय छाडेका छैनन्। उनी शुक्रबार पनि कार्यालयमा पुगेर शक्ति प्रदर्शन गरिरहेका हुन्।
शुक्रबारको मन्त्रिपरिषद्को बैठकबाट आफू फेरि सदस्य-सचिवमा फर्किने भन्दै घर गइसकेको भट्टले परिषद्मा हैकम जमाइरहेका छन्। अहिले पनि कार्यालय आएर अनधिकृत हस्तक्षेप गर्ने भट्टको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय वेखबर छ। घर गइसकेका भट्टको दादागिरी रोक्नका लागि गृह मन्त्रालयले तत्काल कदम चालोस्। परिषद्को प्रणाली भट्ट कै नियन्त्रणमा रहेको र कार्यालयमा गरेको अनधिकृत हस्तक्षेप विषयमा तत्काल अनुसन्धान अघि बढाओस्।


तपाईको प्रतिक्रिया दिनुहोस