एकनारायण र आदर्शको सेटिङविरूद्ध ‘जेन-जी’ अगुवा र कर्मचारी एकजुट, प्रधानमन्त्रीलाई भेट्दै


काठमाडौं। हरेक नियुक्तिमा मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको सेटिङ भेटिएपछि ‘जेन-जी’ अगुवा र ‘जेन-जी’ कर्मचारी एकजुट भएका छन्। छोरीदेखि श्रीमतीसम्मलाई जागिर खुवाएका मुख्यसचिव अर्याल र प्रमुख स्वकीय सचिव श्रेष्ठको कर्तुत सार्वजनिक भएपछि ‘जेन-जी’ अगुवा र कर्मचारी एकजुट भएर प्रधानमन्त्री कर्कीलाई भेट्न जान लागेका हुन्। उनीहरूको माग मुख्यसचिव अर्याल र प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्नु पर्ने रहेको छ।

अर्याल मुख्यसचिव बनेपछि छोरी अस्मितालाई नेपाल वायु सेवा निगममा करारमा जागिर खुवाएका थिए। उक्त तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकी श्रीमती संगितालाई पनि जागिर खुवाएर सौदाबाजी गरेको उनीहरूको बुझाइ छ। ‘जेन-जी’ घाइते र शहीद परिवारका नाममा एकनारायण र आदर्श मिलेर श्रीमती, साली, भाञ्जीलाई जागिर खुवाएको उनीहरूको आरोप छ।

सार्वजनिक प्रशासन रूपान्तरण अभियानले मुख्यसचिव अर्यालको राजीनामा मागेर आन्दोलन सुरू गरेको थियो। मुख्यसचिव अर्याल र प्रमुख स्वकीय सचिव आदर्शको साँठगाँठमा उनलाई जोगाइएको कर्मचारीहरूको दाबी छ। हरेक नियुक्ति र सरूवा, बढुवामा एकनारायण र आदर्शको सेटिङ रहेको उनीहरूको आरोप छ। उक्त विषयको ध्यानाकर्षण गराउन ‘जेन-जी’ अगुवा र कर्मचारी प्रधानमन्त्री कर्कीलाई भेट्न जान लागेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ