विशिष्ट श्रेणीको बढुवा अर्यालमय: एक अर्याल जाँदा दुई अर्याल आउने


काठमाडौं। निजामती प्रशासनमा अहिले अर्यालत्रयको चर्चा छ। मुख्यसचिव एकनारायण अर्या मंगलबारबाट ५८ वर्ष लागेर घर जाँदैछन्। उनको ठाउँमा सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरिसकेको छ। सुमन २९ औं मुख्यसचिव बनेकाले एक सचिव रिक्त भएको छ। उक्त ठाउँमा बैकुण्ठप्रसाद अर्याल नै सचिवमा बढुवा हुनेछन्।

सुदूरपश्चिम प्रदेशको कायममुकायम प्रमुख सचिव बैकुण्ठ अर्याल सचिव बढुवा हुने निश्चित जस्तै छ। स्याङजाका एकनारायण अर्यालको ठाउँमा काठमाडौंका सुमनराज अर्याल पुगेका छन्। सुमनको ठाउँमा गोरखाका बैकुण्ठप्रसाद अर्याल पुग्नेछन्। अहिलेको बढुवा अर्याल भएको छ।

पहिलो अर्यालले दोस्रो अर्याललाई आउन नदिने गरी अन्तै लागेपनि ‘जेन-जी’ सरकारले पहिलो अर्यालको ठाउँमा दोस्रो अर्याललाई ठाउँमै ल्याइदिएको छ। पहिलो अर्यालले तेस्रो अर्याललाई समयअगावै ठाउँमै ‘फिट’ गरिसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ