आफूलाई जानकारी नभएको विषय मिडियामा आयो: उप्रेती
काठमाडौं । समाज कल्याण परिषद्का कर्मचारी राजेन्द्रप्रसाद उप्रेतीले आफूलाई जानकारीमै नरहेको कुरा मिडियामा आएपछि उक्त समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन्।
उप्रेतीले मंसिर ४ गते स्वास्थ्य लाइभ मिडियामा प्रकाशित “समाज कल्याण परिषद्का केही करारका कर्मचारीलाई मनोज भट्ट नै ‘प्यारा’” शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै खण्डन पेश गरेका हुन्।
उनका अनुसार समाचारमा उल्लेख गरिएको “भट्टका पिए करारका कर्मचारी राजेन्द्रप्रसाद उप्रेतीले फेरि उनी नै सदस्य–सचिव भएर आउने भन्दै ‘नेमप्लेट’ हटाउन नदिएका हुन्। बुधबार सदस्य–सचिवमा भट्ट नै आउने भनेर उप्रेतीले गाडी स्ट्यान्डबाइ राख्न लगाएका थिए।
सरकारले उनलाई पुनर्नियुक्ति नगरेपछि त्यत्तिकै घर गएका थिए। बिहीबारसम्म पनि भट्टको ‘नेमप्लेट’ भएको बोर्ड हटाइएको छैन।” जस्ता दाबीको वास्तविकताबारे आफू जानकार नै नभएको उनले स्पष्ट पारेका छन्।
उप्रेतीले समाचारमा उल्लेखित कुनै पनि विषयबस्तु आफूले नगरेको र आफूलाई जानकारीमै नरहेको दाबी गर्दै तथ्यहीन रूपमा आफ्नो नाम प्रयोग गरिएको प्रति आपत्ति जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस