प्राविधिक सहसचिव प्रेमकुमार सिंहले दिए राजीनामा


काठमाडौं। प्राविधिक सहसचिव प्रेमकुमार सिंहले राजीनामा दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको पानीजहाज कार्यालयमा सहसचिव सिंहको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ। मेकानिकल इन्जिनियर सिंह यातायात व्यवस्था विभागको कामु महानिर्देशक हुने शक्तिशाली व्यक्ति हुन्।

२०८५ मंसिर २० गतेसम्म जागिर रहेका सहसचिव सिंहले ३ वर्ष अगाडि नै सरकारी जागिर छाडेर टाप ठोकेका छन्। उनी यातायातमा लामो समय बिताएका कर्मचारी हुन्। 

क्याटेगोरी : समाचार
ट्याग : #सहसचिव प्रेमकुमार सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ