विवादित मुख्यसचिव अर्याल र सचिव दुवाडी घर गए
काठमाडौं। विवादित मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी घर गएका छन्। अर्याल ५८ वर्षे उमेर हद र दुवाडी ५ वर्षे सेवा अवधिका कारण घर गएका हुन्।
२०२४ साल मंसिर १० गते स्याङजामा जन्मिएका अर्याल र २०७७ मंसिर १० गते सचिवमा बढुवा भएका दुवाडी एकैदिन घर गएका हुन्। अर्याल र दुवाडीको बहिर्गमन उस्तै विवादित रह्यो।
५१ वर्ष टेकेका दुवाडी १ नम्बर सचिव हुँदाहुँदै मुख्यसचिव हुनबाट बञ्चित भएका छन्। ‘जेन-जी’ आन्दोलन दबाउन भूमिका खेलेका कारण दुवाडीको मुखैमा आएको मुख्यसचिव पद फुत्किएको हो। सुमनराज अर्याल मुख्यसचिव बनेपछि एकनारायण र गोकर्णमणि एकसाथ घर गएका हुन्।


तपाईको प्रतिक्रिया दिनुहोस