सरूवा सञ्चारमा, जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चार मन्त्रालय सरूवा भएका दुई सहसचिव पुरानै जिम्मेवारीमा रहेको पाइन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वेबसाइट हेर्दा सहसचिवद्वय सुभाष ढकाल र रविलाल शर्मा उक्त कार्यालयमै देखिन्छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा भएका उनीहरू प्रधानमन्त्री कार्यालयमै रहेकाे छन्। दुई साता अघि सरूवा भएका ढकाल र शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट हेर्दा त्यहिँ कार्यरत रहेको पाइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ढकाल र शर्मासँगै सरूवा भएका नारायणप्रसाद अर्याल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हाजिर भइसकेका छन्। ढकाल र शर्मा भने प्रधानमन्त्री कार्यालयमै गौडा ढुकेर बसेका छन्।

बागमती प्रदेशबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएका सहसचिव केशवराज सुवेदी र लुम्बिनीबाट आएका नवराज ढकाल प्रधानमन्त्री कार्यालय पुगिसकेका छन्। सञ्चारबाट आएका सहसचिव मुकेश रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले अझै उक्त कार्यालयमा देखाएको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ