गृहबाट आधा दर्जन बढी सिडिओ ‘आउट’ भए
काठमाडौं। गृह मन्त्रालयबाट आधा दर्जन बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू आउट भएका छन्। टोकराज पाण्डे, बन्धुप्रसाद बाँस्तोलादेखि धर्मेन्द्रकुमार मिश्रसम्म गृहबाट आउट भएका हुन्।
लमजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) टोकराज पाण्डे प्रदेशतिर पुगेका छन्। पाण्डे रुपन्देहीबाट लमजुङ गएको डेढ महिनामै गृहबाट लखेटिएका छन्। उनलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा गरिएको छ।नवलपरासी पश्चिमका सिडिओ कृष्णप्रसाद लम्साल पनि गण्डकी प्रदेश नै सरूवा भएका छन्। उनी कैलालीबाट नवलपरासी गएको पनि डेढ महिना मात्र भएको छ।
खोटाङको सिडिओ कल्पना श्रेष्ठ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत सरूवा भएकी छिन्। उनी इलामबाट खोटाङ पुगेको ५ महिनामै सरूवा भएकी हुन्।
सल्यानका सिडिओ नेत्रप्रसाद सुवेदी पनि उघोग मन्त्रालयमै पुगेका छन्। इलामकी सिडिओ सुनिता नेपालको पनि सरूवा भएको छ। उनी लगानी बोर्डको सचिवालयमा आएकी छिन्।
दोलखाका सिडिओ नारायणप्रसाद रिसालको सरूवा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत भएको छ। सिन्धुपाल्चोकका सिडिओ बन्धुप्रसाद बाँस्तोला लुम्बिनी प्रदेशतिर पुगेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रप्रसाद मिश्र मधेश प्रदेश खटाइएका छन्।
गृहबाट सहसचिवहरू गोविन्द प्रसाद रिजाल, गोपालप्रसाद अर्याल, खिमबहादुर रायामाझी, शंकरहरि आचार्य, लिलाप्रसाद शर्मा आउट भएका छन्। गृह मन्त्रालयमा सहसचिवहरू रेखा कँडेल, निश्चलराज पाण्डे, राजन पौडेल, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, उमेश ढुंगाना शान्तिराज प्रसाईं भित्रिएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस