कार्यक्षमताका आधारमा प्रशासन सेवाको सहसचिवमा बढुवा हुने उपसचिवहरू 


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले मंगलबार जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा १२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। उक्त सूचीमा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राई रहेका छन्।

सहसचिवमा बढुवाका लागि सिफारिस भएका कार्की र पाण्डे राजस्व समूहका उपसचिव हुन्। बाँस्कोटा लेखा समूहका उपसचिव हुन्। बाँकी ९ जना सामान्य प्रशासन समूहका उपसचिव हुन्।

जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन १२ सहसचिवको बढुवाका लागि सिफारिस भएसँगै अब कार्यक्षमताका आधारमा बढुवा हुने १२ उपसचिवको सहसचिवमा बढुवाका लागि सिफारिस हुनेछ।

कार्यक्षमताका आधारमा उपसचिव जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, राम्रप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, प्रेमबहादुर दौल्याल, चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल, दिपक ज्ञवाली र मोहनशरण भण्डारी सिफारिस हुने सम्भावना छ। केही तलमाथि भए रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवालले बाजी मार्न सक्छन्।

भट्ट, सापकोटा, वाग्ले, पराजुली, पौडेल,  खत्री, रेग्मी, दौल्याल सामान्य प्रशासन समूहका उपसचिव हुन्। भुसाल, दाहाल, ज्ञवाली र भण्डारी लेखा समूहका उपसचिव हुन्।

भट्ट कोलकत्तास्थित महावाणिज्यदूतावासमा कार्यरत छन्। सापकोटा र खत्री रक्षा मन्त्रालयमा रहेका छन्। पौडेल र भुसाल अख्तियारमा कार्यरत छन्। रेग्मी गृहका क्याडर हुन्। पराजुली श्रम मन्त्रालयमा कार्यरत छन्। दौल्याल भूमि सुधार तथा मालपोत कार्यालय कैलालीमा कार्यरत छन्। दाहाल राजस्व अनुसन्धान विभाग, ज्ञवाली लुम्बिनी प्रदेशको लेखा नियन्त्रक कार्यालय र भण्डारी राजस्व न्यायाधीकरणमा कार्यरत लेखाका उपसचिव हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ