लेखामा उपसचिवको मनपरी दरबन्दी: उपसचिव सिडिओ भएका जिल्लामा पनि कोष प्रमुख लेखा उपसचिव
काठमाडौं। लेखा समूहको उपसचिवमा मनपरी दरबन्दी सिर्जना गरेको पाइन्छ। कतिसम्म भने प्रमुख जिल्ला अधिकारी (सिडिओ) उपसचिव भएका तेह्रथुम, सोलुखुम्बु, रसुवा, म्याग्दी, रूकुम पश्चिम र मुस्ताङ्गमा कोष तथा लेखा नियन्त्रक प्रमुख (कोलेनिका) प्रमुख पनि उपसचिव नै रहेका छन्।
लेखा उपसचिवको दरबन्दी रहेको ७ दर्जन बढी कार्यालय हेर्ने कोलेनिका, सिंहदरबार खारेज गर्न सिफारिस गरिएकोमा करिब १ दर्जन कार्यालय हर्ने कोलेनिकामा पनि उपसचिव नै खटाइँदै आएको छ। यो विकृत अभ्यास र राज्यकोषमाथि अनावश्यक बोझ तथा व्यभार हो।
अहिले दार्चुला, बझाङ, बाजुरा, हुम्ला, मुगु, डोल्पा, मनाङ, रुकुम पूर्व, कालीकोट र ताप्लेजुङ गरी १० जिल्लामा मात्र लेखा अधिकृत कोलेनिका प्रमुख छन्। उपसचिव सिडिओ हुने ति जिल्लामा कोलेनिका प्रमुख अधिकृत हुँदा उपसचिव सिडिओ भएका तेह्रथुम, सोलुखुम्बु, रसुवा, म्याग्दी, रूकुम पश्चिम र मुस्ताङ्ग भने कोलेनिका प्रमुख लेखा उपसचिव रहेका छन्।
एउटा मात्र निर्वाचन क्षेत्र भएका सहससचिव सिडिओको दरबन्दी भएका पाँचथर, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, जाजरकोट, जुम्ला, डोटी, डडेल्धुरा र बैतडीमा उपसचिव बनाउनुपर्ने आवाज उठ्न थालेको छ। लेखामा भने उपसचिव सिडिओ हुने तेह्रथुम, सोलुखुम्बु, रसुवा, म्याग्दी, रूकुम पश्चिम र मुस्ताङ्गमा कोलेनिका हाकिम लेखा कै उपसचिव राखिएको छ। लेखा समूहमा मनपरी दरबन्दी सिर्जना गर्न यस्तो गरिएको हो।
‘जेन-जी’ सरकारले अनावश्यक खर्च बढाउन ४ वटा कोलेनिका उपसचिवको दरबन्दी बढाएको छ। यसले ‘जेन-जी’ आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको पाइन्छ। उक्त विषयको नेतृत्व महालेखा नियन्त्रक शोभाकान्त पौडेलले गरेका छन्।
तेह्रथुम, सोलुखुम्बु, रसुवा, म्याग्दी, रूकुम पश्चिम र मुस्ताङ्गमा रहेका लेखा उपसचिवको दरबन्दी कटौती गरेर लेखा समूहमा र आवश्यकता र औचित्यका आधारमा दरबन्दी कायम गर्नुपर्ने देखिन्छ। समूहको ‘साइज’ ठूलो बनाउने नाममा अनावश्यक दरबन्दी सिर्जना गर्नु गलत प्रवृत्ति हो। यो विषयलाई ‘जेन-जी’ पुस्ताले ‘नोटिस’मा लिन जरूरी छ। सिडिओ उपसचिव हुने जिल्लामा कोलेनिका प्रमुख पनि उपसचिव रहनु लाजमर्दो कुरा हो। लाज ढाँक्न पनि लेखाको दरबन्दी पुनरावलोकन गर्नुपर्छ। यसले लेखा समूहको साख उल्टै घटाउने काम गर्छ।
यस्तो छ लेखाको संगठन संरचना

ट्याग : #तेह्रथुम, #मुस्ताङ्ग, #म्याग्दी, #रसुवा, #रूकुम पश्चिम, #लेखा उपसचिव, #सोलुखुम्बु



तपाईको प्रतिक्रिया दिनुहोस