कार्यक्षमताका आधारमा १४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस


काठमाडौं। कार्यक्षमताका आधारमा प्रशासन सेवा, सामान्य प्रशासन समूह, लेखा समूह र लेखापरीक्षण सेवाका १४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। सहसचिव बढुवामा सामन्य प्रशासन समूहबाट ९ जना उपसचिव, लेखा समूहबाट ३ जना उपसचिव र लेखापरीक्षण सेवामा सहसचिव बढुवाका लागि २ जना उपसचिव सिफारिस भएका हुन्।

कार्यक्षमताका आधारमा प्रशासन सेवाको सहचिवमा बढुवाका लागि सामान्य प्रशासन समूहबाट उपसचिवहरू जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल र रप्रेमबहादुर दौल्याल सिफारिस भएका छन्। लेखा समूहबाट उपसचिवहरू चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दिपक ज्ञवाली सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्। बढुवाको मुखमा पुगेर मोहनशरण भण्डारी, तीर्थप्रकाश पौडेल, रामेश्वर पोखरेलहरू सिट नपुगेर छुटेका छन्।

सहसचिवमा बढुवाका लागि सिफारिस भएका भट्ट कोलकत्तास्थित महावाणिज्यदूतावासमा कार्यरत छन्। सापकोटा सल्यानको सिडिओ भएर गइसकेका छन्। खत्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन्। पौडेल अख्तियारमा कार्यरत छन्। रेग्मी गृहका क्याडर हुन्। पराजुली श्रम मन्त्रालयमा कार्यरत छन्। दौल्याल भूमि सुधार तथा मालपोत कार्यालय कैलालीमा कार्यरत छन् भने दाहाल राष्ट्रिय सूचना आयोगका कर्मचारी हुन्। लेखातिरका भुसाल अख्तियारमा छन्। दाहाल राजस्व अनुसन्धान विभागमा कार्यरत छन्। लेखा उपसचिव रहेका ज्ञवाली लुम्बिनी प्रदेशको लेखा नियन्त्रक कार्यालय प्रमुख हुन्।

लेखापरीक्षण सेवातिर भने उपसचिव प्रेमबहादुर मुङ्गमेन र प्रमोदकुमार केसी कार्यक्षमताका आधारमा सहसचिव (नायब महालेखापरीक्षक)मा बढुवाका लागि सिफारिस भएका हुन्। जेष्ठता र कार्यसम्पादनका आधारमा परशुराम न्यौपाने र थवराज अधिकारी सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले मंगलबार जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा १२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ। उक्त सूचीमा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राई रहेका छन्।

जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा बढुवाका लागि सिफारिस भएका कार्की र पाण्डे राजस्व समूहका उपसचिव हुन्। बाँस्कोटा लेखा समूहका उपसचिव हुन्। बाँकी ९ जना सामान्य प्रशासन समूहका उपसचिव हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ