लेखाका ‘ब्याची’ उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस हुँदा भण्डारी हेरेको हेऱ्यै


काठमाडौं। लेखाका ‘ब्याची’ उपसचिवहरू सहसचिवमा बढुवाका लागि सिफारिस हुँदा मोहनशरण भण्डारी हेरेको हेऱ्यै भएका छन्। कार्यक्षमताका आधारमा लेखाका उपसचिवहरू चन्द्रप्रसाद भुसाल, दिपक ज्ञवाली र नारायणप्रसाद दाहाल प्रशासन सेवाको सहसचिवमा बढुवाका लागि सिफारिस हुँदा भण्डारी भने हेरेको हेऱ्यै भएका हुन्।
२०६८ चैत ३ गते एकैदिन लेखाको उपसचिव नियुक्त भएका भुसाल, ज्ञवाली र दाहाल कार्यक्षमताका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस हुँदा भण्डारी छुटेका छन्। उपसचिव भण्डारीको कासमू रेटिदा उनीभन्दा पछाडि उपसचिव भएका सामान्य प्रशासन समूहका तीर्थप्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल भण्डारीलाई छाडेका हुन्। ‘सँगैका साथी हवाइजहाजमाथि’ भने जस्तै सहसचिवमा बढुवाका लागि सिफारिस हुँदा भण्डारी भने उपसचिव (मैदाम)बाटै हेर्न बाध्य भएका छन्।


भण्डारी २०६८ चैत ३ गते उपसचिव भएकामध्ये पनि सहसचिवमा बढुवाका लागि सिफारिस नहुने एक्ला उपसचिव भएका छन्। अवकाशमा गएका र यसअघि नै सहसचिव भएकाबाहेक यो ‘लट’मा जेष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताका आधारमा उक्त ‘ब्याच’का सबै उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। उक्त ‘ब्याच’बाट सहसचिव बन्न भण्डारी मात्र बञ्चित भएका हुन्। राजस्व न्यायाधीकरणमा कार्यरत लेखा उपसचिव भण्डारीले सहसचिव बन्न अर्को बढुवा कुर्नुपर्ने भएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रप्रसाद भुसाल, #दिपक ज्ञवाली, #नारायणप्रसाद दाहाल, #मोहनशरण भण्डारी, #लेखा उपसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ