पाथीभरामा केबलकार बनाउने र ‘नो केबलकार’ भन्ने रास्वपाको एउटै समानुपातिक सूचीमा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपतिक सूचीमा पाथीभरामा केबलकार बनाउने र ‘नो केवलकार’ भन्ने एकै ठाउँमा परेका छन्। केबलकार बनाउने व्यवसायी सचिन ढकाल (चन्द्र ढकालका छोरा) र ‘नो केबलकार’ अभियानका अगुवा डा. महेन्द्र लावती रास्वपाको समानुपातिक सूचीमा परेका हुन्।

पूर्व गृहमन्त्री पदम सुन्दर लावती छोरा महेन्द्र रास्वपाको आदिवासी/जनजाति ‘क्लष्टर’मा १२ औं नम्बरमा समावेश भएका छन्। पहिचानवादी नेता महेन्द्र कुलमानको डुङ्गा चढेर रास्वपाको घण्टी बजाउन पुगेका हुन्। त्यस्तै पाथीभरामा केबल बनाइरहेका व्यवसायी सचिन ढकाल रास्वपाको खस आर्य ‘क्लष्टर’बाट दुई नम्बर समानुपातिक सूचीमा परेका छन्।

पाथीभरा केबलकार बनाउन कम्मर कसेर लागेका ढकाल र कुनै हालतमा केबलकार बन्न नदिने भनेर अभियान सञ्चालन गरेका लावती एउटै डिब्बाका यात्री भएका छन्। उनीहरूबीच ‘डिब्बा’भित्रै झगडा परे दुर्घटना निम्तिने जोखिम पनि छ। ढकालसँगै यात्रा गर्दा लावतीलाई सकस हुन सक्छ। तर, राजनीतिमा यस्तो भइरहन्छ।

क्याटेगोरी : विविध
ट्याग : #प्रा. डा. महेन्द्र लावती, #सचिन ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ