१६ दिनमै खानेपानी मन्त्री परिवर्तन, भण्डारीको ठाउँमा आए परियार


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले १६ दिनमै खानेपानीमन्त्री परिवर्तन गरेकी छिन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको जिम्मेवारी मदनप्रसाद परियारले पाएकाका छन्। परियार कृषि तथा पशुपन्छी विकासमन्त्रीको भूमिका समेत रहेका छन्।

राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको कार्यभारसमेत सम्हाल्ने गरी तोकेका हुन्। २०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले हेर्दै आएको खानेपानी मन्त्रालयको कार्यभार परियारले  पाएका छन्।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले गत पुस ४ गते श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको समेत कार्यभार तोकेका थिए। १६ दिनपछि उक्त मन्त्रालय भण्डारीबाट परियारको काँधमा आएको छ।

आईतबार (पुस २०) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएको खानेपानी मन्त्रालय कृषि मन्त्री परियारलाई तोकेका हुन्। खानेपानी सचिव रामआधार साहसँग मन्त्री भण्डारीको ‘ट्युनिङ’ मिलेको थिएन। अन्ततः उक्त मन्त्रालयबाट भण्डारी ‘ब्याक’ भएका छन्। साह विवादित सचिव हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ