संसद सचिवालयकाे १ नम्बर भवनमा स्वास्थ्य मन्त्रालय राखिने, कम्तिमा चार महिना चाैरबाटै सेवा


काठमाडौं । सिंहदरबार परिसरभित्र हाल चौर क्षेत्रमा अवस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब संसद सचिवालयको एक नम्बर भवनमा सर्ने भएको छ। त्यसका लागी कम्तीमा पनि चार महिना कुर्नुपर्ने भएको छ। हाल सिंहदरबारमा निर्माणाधीन संसद भवनकाे काम सक्न केही समय लाग्ने छ । उक्त भवनको निर्माणकार्य सम्पन्न नहुँदासम्म प्रि फ्याबबाटै स्वास्थ्यले सेवा दिने अधिकारीहरुले बताएका छन् । अहिल सम्म संसद सचिवालयको १ नम्बर भवनलाइ स्वास्थ्य मन्त्रालयका रुपमा अगाडि सारिएको छ ।

स्वास्थ्य तथा जनसंख्या सचिव डा बिकास देवकोटाले पनि तीन चार महिना समय लाग्ने बताए । प्रि फ्याबमा जाडाे समयमा काम गर्न ठिकै छ, तर, गर्मीमा भित्र बसेर काम गर्न सक्ने अवस्था रहदैन त्यस अगाडि प्रि फ्याब बाहिर निस्किसक्नुपर्छ । एसि समेत राख्ने ठाउँ नभएका कारण गर्मिमा तातिएर बस्न सक्ने अवस्था रहदैन कर्मचारीहरु भन्छन् ।

सिंहदरबारभित्र बन्दै गरेको संसद भवनको संरचना अन्तिम चरणमा पुगेकाले संसद सचिवालयलाई नयाँ भवनमा सार्ने र त्यसपछि खाली हुने एक नम्बर भवन स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराउने योजना रहेको सम्बन्धित स्रोतले जनाएको छ।

सिंहदरबारभित्र मन्त्रालय तथा संवैधानिक निकायहरूको पुनःव्यवस्थापन संसद भवन निर्माणसँगै अघि बढाइएको सरकारी प्रशासनिक सुधार योजनाको एक हिस्सा हो। स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सरेसँग भिडभाड स्वाटै घटेको छ । मन्त्राालय सुनसान प्राय हुने गरेकाे छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ