रुणा झा पुन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाे निर्देशकमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाे निर्देशकमा पुन डा रुणा झालाई ल्याएकाे छ । कोशी अस्पतालको नेतृत्वमा रहेकी झालाई मन्त्रालयले प्रयाेगशालाकाे जिम्मेवारीमा ल्याएको हाे ।
काेभिडमा राम्रो भुमिका निभाएकी झा बढुवाको लागि नम्बर बढाउन काेशी अस्पताल गएकी थिइन् । कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा. रामनारायण चौधरीलाई दिइएको छ ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस