काठमाडौं महानगरमा बालेनको ‘कोर टिम’मा रहेर काम गरेका ४ जना चुनावी मैदानमा उत्रिने तयारी
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को महानगरमा रहँदाको ‘कोर टिम’मा रहेका ४ जना चुनावी मैदान उत्रिने भएका छन्। बालेनका प्रेस सल्लाहकारदेखि पूर्वाधार सल्लाहकारसम्म चुनावी मैदानमा उत्रिने तयारीमा छन्।
सहरी योजना आयोग अन्तर्गत रहेर काम गरिरहेका सञ्चार विज्ञ सुरेन्द बजगाईं प्रतिनिधिसभा ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललिनपुर-१ मा बजगाईंले नै टिकट पाउने पक्कापक्की जस्तै छ। बालेनका अर्का सल्लाहकार सस्मित पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सह-प्रवक्ता पोखरेल घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिन लागेका हुन्। यसअघि उनी उक्त क्षेत्रबाट लाल्टिन चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए।
बालेनको प्रमुख स्वकीय सचिव हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री बनेका भूपदेव अछाम-२ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। बालेनले आफ्नै ठाउँमा चुनाव लड्ने भनेपछि भूपदेव अछामतिर लाग्ने भएका हुन्।
बालेनका पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा मनोनित लम्साल बुटवलबाट चुनाव लड्ने तयारीमा जुटेका हुन्।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस