चार कनिष्ठ सचिव भइसक्दा पनि श्रीकुमार राई सहसचिवमै
काठमाडौं। महालेखापरीक्षकको कार्यालयका वरिष्ठ सहसचिव (नायब महालेखापरीक्षक) श्रीकुमार राईलाई चार जना जुनियरले टपेका छन्। सचिवमा बढुवा हुनका लागि आवश्यक पर्ने (एसईडिपी) तालीम नलिँदा राईलाई चार जना जुनियर सहसचिवले टिपेका हुन्।
राईभन्दा पछाडिका सहसचिवहरू बैकुण्ठबहादुर अधिकारी, घनश्याम पराजुली, नारायण एमसी र इन्द्रप्रसाद आचार्य उपमहालेखापरीक्षक (सचिव)मा बढुवा भइसकेका छन्। एमसी र आचार्य त विशिष्ट श्रेणीमा बढुवा भएर अनिवार्य अवकाशमा गइसकेका छन्। राई भने सहसचिवमै अड्किएका हुन्।
आदिवासी/जनजाति कोटाबाट २०७५ चैतमा नेपाल लेखापरीक्षण सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव बनेका राई महालेखापरीक्षकको कार्यालयका वरिष्ठ सहसचिव हुन्। अझै १० वर्ष बढी जागिर रहेका उनी सहसचिवमै रमाइरहेका छन्। पेन्सनको टेन्सनले गर्दा राई सचिवमा उक्लिन सकेका छैनन्।
राईभन्दा पछाडि २०७६ वैशाखमा सहसचिव भएका बैकुण्ठबहादुर अधिकारी उपमहालेखापरीक्षक (सचिव) बनेको एक वर्ष भइसकेको छ। त्यसपछि २०७६ माघमा नायब महालेखापरीक्षक (सहसचिव) भएका नारायण एमसी र इन्द्रप्रसाद आचार्य सचिवमा बढुवा भएर अनिवार्य अवकाशमा गइसकेका छन्। एमसी र आचार्यसँगै सहसचिव बनेका घनश्याम पराजुली पनि सचिवमा बढुवा भएका हुन्। १ वर्षपछि सहसचिव भएकाहरूले भटाभट उछिन्दा पनि राई भने सहसचिवमै कुर्न बाध्य छन्।
क्याटेगोरी : समाचार
ट्याग : #इन्द्रप्रसाद आचार्य, #घनश्याम पराजुली, #नारायण एमसी, #बैकुण्ठबहादुर अधिकारी, #श्रीकुमार राई



तपाईको प्रतिक्रिया दिनुहोस