नायब महान्यायाधिवक्ता दाहाल अवकाशमा, चौहान सचिवमा बढुवा हुने


काठमाडौं। महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) सूर्यराज दाहाल अनिवार्य अवकाशमा गएका छन्। ५८ वर्षे उमेर हदका कारण उनी मंगलबारबाट अनिवार्य अवकाशमा गएका हुन्। दाहाल गत साउनमा नायब महान्यायाधिवक्ता (सचिव)मा बढुवा भएका थिए। ५ महिना नायब चलाएर उनी घर गएका छन्।

अवकाश प्राप्त नायब महान्यायाधिवक्ता दाहालको ठाउँमा ध्रुवकुमार चौहान विशिष्ट श्रेणी (सचिव)मा बढुवा हुनेछन्। उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख समेत रहेका चौहान नायब महान्यायाधिवक्तामा बढुवा हुनेछन्।

सहन्यायाधिवक्ता शंकर खत्री उच्च अदालतको न्यायाधीश भएर गएपछि चौहानलाई सचिव हुने बाटो खुलेको हो। ५८ वर्षे उमेर हद कायम रहे चौहान २०८५ असारसम्म नायब महान्यायाधिवक्ताको पदमा रहने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #ध्रबकुमार चौहान, #सूर्यराज दाहाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ