राजीनामाको दबाबमा रहेका मन्त्री गुप्ता अमेरिका उड्दै


काठमाडौं। प्रतिनिधिसभाको निर्वाचनमा सिराहाबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका उड्ने तयारीमा रहेका छन्। मन्त्रिपरिषद्को बैठकले खेलकुदमन्त्री गुप्ताको भ्रमण समेत स्वीकृत गरिसकेको छ।

२०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने ‘जे-जी’ क्रान्तिपछिको नेपालको विकासमा एनआरएनए युवाको भूमिका’सम्बन्धी कार्यक्रममा सहभागी हुन खेलकुदमन्त्री गुप्तालाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ। उनी अमेरिका उड्ने तयारीमा छन्।

सरकारका केही मन्त्री राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिन भनेकी थिइन्। तर, राजनीतिमा सक्रिय भएर लागेका खेलकुलमन्त्री गुप्तालाई प्रधानमन्त्री कार्की कै अध्यक्षतामा बसेको बैठकले अमेरिका घुम्न अनुमति दिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ