एक महिना नपुग्दै श्रम मन्त्रालयको वेबसाइटमा मन्त्रीका ३ तस्विर!
काठमाडौं। राजेन्द्र सिंह भण्डारीले श्रम, रोजगार सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालेको १ महिना पुग्न लागेको छ। मंसिर २६ गते उनले श्रम मन्त्रालयको कार्यभार सम्हालेका हुन्। यसबीचमा मन्त्रालयको वेबसाइटमा मन्त्री भण्डारीको ३ वटा तस्विर परिवर्तन भइसकेको छ।
श्रम मन्त्रालयको वेबसाइट हेर्नेको काम नै मन्त्रीको फोटो परिवर्तन गरेर बस्ने जस्तो देखिन्छ। श्रम मन्त्रालयका सचिव एक पटक मात्र परिवर्तन भएका छन्। कृष्णहरि पुष्कर कर्णको ठाउँमा दिपक काफ्ले आएका छन्। मन्त्रीको तस्विर भने ३ पटक परिवर्तन भइसकेको छ। श्रम मन्त्रालयले १ महिना नपुग्दै ३ वटा फोटो परिवर्तन गरेर वेबसाइटलाई मन्त्रीको निजी फेसबुक ‘प्रोफाइल’ जस्तो बनाइदिएको हो। चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने बेलासम्म मन्त्रालयको वेबसाइटमा मन्त्री भण्डारीका थरीथरीका तस्विर हेर्ने अवसर प्राप्त होला जस्तो छ!
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस