तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङ सरकारबाट बाहिरिए


काठमाडौं। तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङ सरकारबाट बाहिरिएका छन्। ऊर्जा, जलस्रोत, सिचाईं मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका घिसिङ राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएर घिसिङ बिदा भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपाध्यक्ष बन्ने निश्चित जस्तै भएका घिसिङ सरकारबाट ‘आउट’ भएका हुन्। आगामी निर्वाचनमा प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचन उठ्ने तयारीमा रहेका घिसिङ सरकारमा रहिरहँदा आलोचना बढेको थियो। चौतर्फी दबाबपछि मन्त्री घिसिङ राजीनामा दिन बाध्य भएका हुन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि रास्वपाबाट चुनाव उठ्ने चर्चा छ। उनीहरू भने सरकारमै बसिरहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ