‘५ करोड खुवाएर’ नियुक्त भएका हङकङ ‘आईडी’वाला चिनियाँ लामा भूपतिबज्र छानबिन दायरामा


काठमाडौं। तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई ५ करोड बुझाएर चिनियाँ लामा भूपतिबज्र छानबिन दायरामा तानिएका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङनामले ‘घूसिया’ लामामाथि एक्सन लिन खोजेपछि उनी छानबिन दायरामा आएका हुन्।

गुठी संस्थानले बौद्ध घ्याङ गुठीको पुजारी नियुक्त गरेका भूपतिबज्र हङकङ ‘आईडी’वाला रहेको पाइएको छ। उक्त गुठीको पुजारीलाई चिनियाँ लामाका नामले चिनिन्छ। दोहोऱ्याएर बौद्ध घ्याङ गुठीको पुजारीमा नियुक्त चिनियाँ लामा विदेशी नागरिक भएको सूचना र प्रमाण प्राप्त भएपछि मन्त्री इङनामले एक्सन लिन तयारी थालेका हुन्। मन्त्री इङनामले ५ करोड खुवाएर चिनियाँ लामा नियुक्त गरिएको उजुरी परेको सार्वजनिक दाबी गरेका छन्। उक्त विषयमा छानबिन हुनुपर्ने माग उठ्न थालेको छ।

एमाले कै मन्त्री लालबाबु पण्डितको सक्रियतामा विदेशी नागरिकलाई सरकारी सेवामा नियुक्त गर्न निषेध गरेका थिए। तर, उनकै पार्टीकी पद्मा अर्याल भूमिमन्त्री हुँदा हङकङका नागरिक लामालाई चिनियाँ लामा नियुक्त गरिएको थियो। फेरि एमाले कै बलराम अधिकारी भूमिमन्त्री हुँदा उनलाई नै दोहोऱ्याएर चिनियाँ लामामा दोहोऱ्याए। यो विषयमा समेत छानबिन गर्न ‘जेन-जी’हरूले दबाब बढाएका छन्। चिनियाँ लामा भूपतिबज्रकी श्रीमती पनि चिनियाँ नागरिक हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #भूपतिबज्र लामा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ