कुलमानले सम्हालेका मन्त्रालय सिन्हा, चौलागाई र इङनामलाई
काठमाडौं। कुलमान घिसिङले सम्हालेका मन्त्रालय अनिलकुमार सिन्हा, माधवप्रसाद चौलागाईं र कुमार इङनामलाई दिइएको छ। घिसिङले मन्त्री पदबाट राजीनामा दिएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको कार्यभार अनिलकुमार सिन्हालाई तोकिएको छ।
भौतिक पूर्वाधार तथा यातायात माधवप्रसाद चौलागाई र सहरी विकास मन्त्रालय कुमार इङनामलाई दिइएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।
सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय व्यवस्था र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनलाई ऊर्जाको समेत जिम्मेवारी दिएर मन्त्रालयको थुप्रो लगाइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका चौलागाई वन र सहरी विकास मन्त्रालय पाएका कुमार इङनाम भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीको भूमिकामा छन्।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस